काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले आफूविरुद्ध मिडिया ट्रायल गरेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाएक छन् । सम्पत्ति छानबिनबारे बढी आवाज उठाउने आफैँ भएको पनि उनले दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर सदन र त्यतिखेरको नेकपा माओवादी केन्द्रमा विषय उठाएको बताएका छन् । उनले यो मामलामा अहिले पनि अडिग रहेको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘यतिखेर सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।’


