२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एमाले उपाध्यक्ष विष्णु पौडेललाई स्थलमार्गबाट काठमाडौं ल्याइँदै

एमाले उपाध्यक्ष विष्णु पौडेललाई स्थलमार्गबाट काठमाडौं ल्याइँदै

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    एमाले उपाध्यक्ष विष्णु पौडेललाई स्थलमार्गबाट काठमाडौं ल्याइँदै

    काठमाडौं ।  सुर्खेतबाट सोमबार पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले  काठमाडौं ल्याइँदैछ । नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखेर आज बिहानको जहाजबाट काठमाडौँ ल्याउने तयारी भएपनि अब स्थलमार्गबाट ल्याउन लागिएको स्रोतले जनाएको छ । 


    images


    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखेर मुद्दा अनुसन्धान प्रक्रिया अगाडि बढाइने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागस्रोतले जनाएको छ । विभागस्रोतका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतकै गाडीमा ल्याइँदैछ ।
    काठमाडौँ ल्याउनासाथ अनुसन्धानका लागि विशेष अदालतमा म्याद थपका लागि पेश गरिने र हिरासतमा राखिने स्रोतले जनायो ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार