काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं आख्यानकार गीता केशरीको ८६ वर्षका उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको हो ।
अज्लाइमर र हृदयरोगबाटा पीडित उनको चाबहिलस्थित ओम अस्पतालमा भैरहेको थियो । उनका एक दर्जन जति उपन्यास र केही कथासङ्ग्र्ह प्रकाशित छन् । केशरीका ‘सौगात’, ‘आवाज’, ‘मुक्ति’, ‘अन्तिम निम्तो’, ‘विश्वास’ लगायत कृति प्रकाशित छन् ।
केशरी २०६१ देखि २०६३ सम्म प्रतिष्ठानको सदस्य सचिव थिईन् । नारी शिक्षित र सबल भए मात्र महिलाले स्वतन्त्रता र समानता प्राप्त हुने बताउँदै आएकी केशरीका लेखनमा नीतिवादी–सुधारवादी चेतना प्रबल रूपमा पाइने यिनका उपन्यासमा नारीवादी अवधारणाको सशक्त प्रस्तुति पाइन्छ।
केशरीले समकालीन साहित्य पत्रिकामा सम्पादक मण्डलको सदस्य तथा नारी साहित्यिक संस्था गुञ्जनको संस्थापक सदस्यका रूपमा रहेर काम गरिन् ।
महिला साहित्यकारहरूको हकहितमा सक्रिय केसरी पन्त स्मृति प्रतिष्ठानको अध्यक्षका साथै नेपाल आख्यान समाज, वाणी प्रकाशन एवं सार्क लेखक तथा साहित्य संस्था नेपालको सदस्यका भएर पनि उनले काम गरेकी थिइन् ।


