२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

मदन पुरस्कार विजेता विवेक ओझाको 'मौन कोलाहल' बजारमा

मदन पुरस्कार विजेता विवेक ओझाको 'मौन कोलाहल' बजारमा

साझा पोष्ट
बुधबार, साउन ६ २०८३
  • images
    images
    मदन पुरस्कार विजेता विवेक ओझाको 'मौन कोलाहल' बजारमा

    काठमाडौं । मदन पुरस्कार विजेता लेखक विवेक ओझाको नयाँ कृति 'मौन कोलाहल' बजारमा आएको छ।


    images

    नौ वटा कथा समेटिएको यो कथा-संग्रहलाई सांग्रीला बुक्सले प्रकाशन गरेको हो। 

    'मौन कोलाहल'मा लेखक ओझाले समाजभित्र लुकेका कुरूप संवेदना र नग्न यथार्थलाई कलात्मक ढंगले उजागर गरेका छन्।

    संग्रहमा समेटिएका कथाहरूले मानवीय अस्तित्व, सामाजिक ढोंग, नैतिक द्वन्द्व र चेतनाको अन्धकारलाई दार्शनिक शैलीमा प्रस्तुत गर्दै पाठकलाई गहिरो आत्ममन्थनतर्फ डोर्‍याउने प्रयास गरेका छन्।

    लेखक विवेक ओझाले आफ्नो चर्चित उपन्यास 'ऐँठन'का लागि २०७९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। 'ऐँठन' र 'ऐलानी' जस्ता चर्चित तथा पाठकमाझ लोकप्रिय उपन्यासपछि प्रकाशित 'मौन कोलाहल' उनको पहिलो कथा-संग्रह हो। 

    यस कृतिले पनि साहित्यप्रेमी पाठकमाझ विशेष चर्चा बटुल्ने  सांग्रीला बुक्स विश्वास छ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार