२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

साझा पोष्ट
मंगलबार, साउन १२ २०८३
  • images
    images
    आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

    काठमाडौं, साउन १२ । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएकाे आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दको घोषणा गरेको छ। 


    images


    संघले सोमबार विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने निर्णय गरेको हो । चिकित्सक संघले विज्ञप्ति जारी गरी भनेको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधस्वरूप मिति २०८३-०४-१२ गते मंगलबारका दिन देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्दछौँ।’ साथै बुधबार सर्वपक्षीय भेला गरी आन्दोलनका थप कार्यक्रम तय गरिने पनि संघले जनाएको छ।

    यही साउन ९ गते वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र संघको नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूलाई गालीगलौज गरी दुर्व्यवहार गरिएको चिकित्सक संघले जनाएको छ। 

    संघका अनुसार डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको छ।  विज्ञप्तिमा अगाडि भनिएको छ, ‘चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गर्ने कार्यमा संलग्न दोषीहरूलाई अविलम्ब पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ। साथै चिकित्सकहरुको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारबाही गर्न माग गर्दछौँ।’

    चिकित्सक संघले यसबाट बिरामीहरूलाई हुने असुविधाको लागि क्षमा मागेको छ र यसको जिम्मेवार नेपाल सरकार रहेको जिकिर गरेको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार