२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

लुम्बिनी प्रदेशमा अब आठ वटा मन्त्रालय

लुम्बिनी प्रदेशमा अब आठ वटा मन्त्रालय

साझा पोष्ट
बिहीबार , साउन १४ २०८३
  • images
    images
    लुम्बिनी प्रदेशमा अब आठ वटा मन्त्रालय

    बुटवल,साउन १४ । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरिएको हो । 


    images

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्रालय रहने गरी ‘प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गरेको हो। 

    भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएकोमा अब मुख्यमन्त्री कार्यालय र आठ मन्त्रालय रहनेछन्। नयाँ संरचनाअनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ।

    उद्योग, पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला, कानुन मन्त्रालयमा समायोजन गरिएको छ।

    त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सहरी विकास मन्त्रालयमा गाभिएको छ। वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन, वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार