२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रोल्पामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, २ जना गम्भीर घाईते

रोल्पामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, २ जना गम्भीर घाईते

साझा पोष्ट
बिहीबार , साउन २८ २०८३
  • images
    images
    रोल्पामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, २ जना गम्भीर घाईते

    बुटवल,साउन २८ । अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर(गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 


    images

    जिल्ला प्रहरी कार्यालय रोल्पाकाअनुसार मृत्यु हुनेमा थबाङ-५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय   कमलबहादुर पुन मगर छन्।

    घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेका प्रहरीले जनाएको छ।

    बुधबार राति करिब ८ः४० बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् ।

    घटनाको खबर राति ९:३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

    थप उद्धारका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित १३ जनाको प्रहरी टोली घटनास्थलतमा खटिएको छ ।

    रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका छन् । प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका मानिसको संख्या १० जना पुगेको खुलेको छ ।  थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार