बुटवल,साउन २८ ।रोल्पामा पहिरोले पुरिंदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ९ जना बेपत्ता भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका-५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ ।
पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् ।
पहिरोमा बेपत्ता हुनेहरूको विवरण
१) ऐ.ऐ. बस्ने कमल पुन मगर को छोरी वर्ष ४० की जुन कुमारी पुन मगर
२) ऐ.ऐ. बस्ने वर्ष ९ को अशिम पुन मगर
३) ऐ.ऐ. बस्ने वर्ष ६ को अशोक पुन मगर
४) ऐ.ऐ. बस्ने वर्ष ७५ को डल बहादुर पुन मगर
५) ऐ.ऐ. बस्ने वर्ष ८० को अजम्बर पुन मगर
६) ऐ.ऐ. बस्ने वर्ष ७८ को बल बहादुर पुन मगर
७) ऐ.ऐ. बस्ने वर्ष ७२ को लिल बहादुर पुन मगर
८) ऐ.ऐ. बस्ने वर्ष ७१ कि मनि पुन मगर
९) ऐ.ऐ. बस्ने वर्ष ६७ कि हस्तकला रोका मगर


