२०८३, असोज ३० गते

शुक्रबार, असोज ३० गते २०८३

शुक्रबार, असोज ३० गते २०८३

विश्वकप लिग-२ : नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

विश्वकप लिग-२ : नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

रोहितले बनाए अर्धशतक, करनले जोडे १६ बलमा ४० रन

साझा पोष्ट
मंगलबार, असोज २७ २०८३
  • images
    images
    विश्वकप लिग-२ : नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

    काठमाडौं ,असोज २७। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । अल अमिरातमा जारी खेलमा नेपालले घरेलु टोलीलाई २६४ रनको लक्ष्य दिएको छ ।


    images

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन जोड्यो । रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलमा ६१ रन बनाए । करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडे ।

    उनले ४ छक्का र १ चौका हाने । अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले ३७–३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे । बलिङतर्फ ओमानका शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए । हसनइन शाहले एक विकेट लिए  ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार