काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारततर्फ प्रस्थान गरेका छन् ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमा नयाँ दिल्लीका उडेका हुन् । शाह यसअघि अमेरिका भ्रमणमा जाँदाकै शैलीमा एयरपोर्ट छिरेर सीधै विमान चढे ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ दल रास्वपाको तर्फबाट प्रवक्ता जगदीश खरेलले शाहलाई ‘रन-वे’ मै पुगेर उनलाइ बिदाइ गरे ।
प्रधानमन्त्री शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।
प्रधानमन्त्री शाह भारत पुगेपछि त्यहाँका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन ।
प्रधानमन्त्री शाहले भारतमा राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी भोलि स्वदेश फर्किने छन् ।






