आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

मेयरमा निर्वाचित भएलगत्तै नुवाकोट पुगे मेयर बालेन (फोटो फिचर)

मेयरमा निर्वाचित भएलगत्तै नुवाकोट पुगे मेयर बालेन (फोटो फिचर)

साझा पोष्ट
शुक्रबार, जेठ १३ २०७९
  • images
    मेयरमा निर्वाचित भएलगत्तै नुवाकोट पुगे मेयर बालेन (फोटो फिचर)
    images
    काठमाडौ । महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन् । मेयर साहले शुक्रबार साँझ ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गरेका हुन् । त्यसक्रममा उनले स्थानीयको माग सम्बोधन गरेर जाने बताए । त्यसका लागि योजना पनि बनाइसकेको उनको भनाइ छ । विहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्‍यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका हुन् । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । ती अवरोधहरु छिचोल्दै मेयर दुर्बै डम्पिङ साइटमा पुगेका हुन् । काठमाडौंको फोहोर व्वस्थापन गर्नु चुनौतीपूर्ण रहेका बेला मेयर साहले ओखरपौवा डम्पिङ साईटको अनुगमन गरेका हुन् ।

    प्रतिक्रिया हरु
    थप समाचार