आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

जहाँ भगवानलाई पनि सजिलो छैन (फोटोफिचर)

जहाँ भगवानलाई पनि सजिलो छैन (फोटोफिचर)

साझा पोष्ट
शनिबार, असार ११ २०७९
  • images
    जहाँ भगवानलाई पनि सजिलो छैन (फोटोफिचर)
    images
    देशेको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ । [caption id="attachment_324322" align="alignnone" width="900"] लुभुको गणेश मन्दिर ।[/caption] मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । अज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवनका मूर्ति भेटिन्छन । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर, पानीले खिएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरुमा छन । तर संरक्षण भने अझै भएको छैन । [caption id="attachment_324312" align="alignnone" width="900"] बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु ।[/caption] जताततै लापरबाही छ । मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् । मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ । [caption id="attachment_324313" align="alignnone" width="900"] च्यासल ढुंगेधारामा विभिन्न देविदेवताको मूर्तिहरु ।[/caption] फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन । एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन् । तर मूर्तिको र मन्दिरको संरक्षण गर्नभने पहलकदमी हुन सकेको छैन । [caption id="attachment_324314" align="alignnone" width="900"] बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु ।[/caption] [caption id="attachment_324315" align="alignnone" width="900"] कुम्मेश्वर मन्दिर परिसरमा गरुड र नारायणकोे मूर्ति ।[/caption] [caption id="attachment_324316" align="alignnone" width="900"] थापालीस्थ्ति जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा ।[/caption] [caption id="attachment_324317" align="alignnone" width="900"] पाटन सुन्धारामा पानीले खिइएको मूर्ति ।[/caption] [caption id="attachment_324318" align="alignnone" width="900"] पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति ।[/caption] [caption id="attachment_324319" align="alignnone" width="900"] पाटनको खपिञ्चे सडकमै रहेका मूर्तिहरु ।[/caption] [caption id="attachment_324320" align="alignnone" width="900"] पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकिर्ति महाविहार ।[/caption] [caption id="attachment_324321" align="alignnone" width="900"] बसन्तपुरको गोरखनाथको मन्दिर ।[/caption] [caption id="attachment_324323" align="alignnone" width="899"] लुभुको गणेश मन्दिर ।[/caption] शब्द/ तस्वीर- न्यूज एजेन्सी नेपाल 

    प्रतिक्रिया हरु
    थप समाचार