शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार निर्वाचित

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार निर्वाचित

साझा पोष्ट
आइतबार, असार २६ २०७९
  • images
    बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार निर्वाचित
    images
    बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। त्यहाँ एमालेका रणबहादुर बानियाँ ४ हजार ७७७ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खाती ३ हजार ७७४ मत ल्याएर पराजित भए । नेकपा एमालेका बानियाँले कांग्रेसका खातीलाई एक हजार ३ मतको अन्तरले पराजित गरे । त्यस्तै उपमेयरमा एमालेकै मायाकुमारी खड्का कुँवर ४ हजार ७२७ मत ल्याएर निर्वाचित भइन । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीताकुमारी शाहीले ३ हजार ७५५ मत ल्याइन्। १० वटा वडा रहेको बुढीगंगामा एमालेले सातवटा वडामा प्यानलसहित निर्वाचित हुँदा कांग्रेसले तीनवटा वडामा जित निकालेको छ। गत वैशाख ३० गते भएको निर्वाचनका क्रममा यहाँ एमालेमाथि धाँधली आरोप लागेको थियो। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन गरेर पुन निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। योसँगै सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार