शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

पेट्रोलियम पदार्थ र चिनीको मूल्य तत्काल घटाउन माग गर्दै संसदीय समितिमा उजुरी

पेट्रोलियम पदार्थ र चिनीको मूल्य तत्काल घटाउन माग गर्दै संसदीय समितिमा उजुरी

साझा पोष्ट
शुक्रबार, भदौ ३ २०७९
  • images
    पेट्रोलियम पदार्थ र चिनीको मूल्य तत्काल घटाउन माग गर्दै संसदीय समितिमा उजुरी
    images
    काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले तीन पटक मूल्य घटाएर पठाउँदा पनि नेपाल आयर निगमले मूल्य नघटाएको भन्दै संसदीय समितिमा उजुरी परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको समायोजन गर्न माग गर्दै नेपाल आयल निगमविरुद्ध उजुरी हालेको हो । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले निवेदन दिएका हुन् । केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ । ‘अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ । तर पनि नेपाल आयल निगमले विभिन्न बहानामा मूल्य घटाएको छैन,’ मञ्चले भनेको छ, ‘मूल्य बढ्दा स्वचालित मूल्य प्रणाली भन्दै मूल्य बढाउने तर अन्तर्राष्ट्रिय मूल्य घट्दा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन् ।’ त्यस्तै मञ्चले नेपाली चार्डपर्व भित्रिइसकेको अवस्थामा पर्वको बेला अत्यावस्यक मानिएको चिनीको मूल्य र आपूर्ति पनि सहज र सर्वसुलभ बनाउन माग गरेको छ । एक प्रतिशत कर र भन्सार महसुल मिनाह गर्न अर्थमन्त्रालयले वेवास्ताका कारण चिनीको अभाव हुने र मूल्य झन बढ्न सक्ने भन्दै मञ्चले समितिलाई तत्काल मन्त्रालयको ध्यानाकर्षण गराउन माग गरेको छ । हेर्नुहोस ज्ञापन पत्र

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार