शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

बेलायती महारानीको निधन, चार्ल्स नयाँ राजा बने

बेलायती महारानीको निधन, चार्ल्स नयाँ राजा बने

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    बेलायती महारानीको निधन, चार्ल्स नयाँ राजा बने
    images
    काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षमा निधन भएको छ ।बकिङ्घम प्यालेसले महारानीको निधन भएको घोषणा गरेको हो ।रानीको निधनपछी युवराज चार्ल्स नयाँ राजा बनेका छ्न । महारानी एलिजावेथले बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गरिन ।   ७३ वर्षका नयाँ राजा चार्ल्स सबैभन्दा धेरै समय राजकुमार रहे । रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमले जनाएका छन । त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ। १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ। उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ।एलिजावेथ अलेक्जेन्ड्रा मेरी २१ अप्रिल १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन्। त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन्। किनभने उतिबेला उनी रोलक्रममा आफ्नो बुबा र काकापछि तेस्रो स्थानमा थिइन्। १९४७ मा उनले राजकुमार फिलिपसँग विवाह गरिन्। उनको २०२१ मा निधन भयो। १९५२ मा उनका बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनिन्। राजगद्दीमा बसेको १६ महिनापछि उनको राज्याभिषेक भएको थियो । उनी कमनवेल्थ प्रमुख, बेलायती सेनाको कमान्डर–इन–चिफ, चर्च अफ इंग्ल्यान्डको सुप्रिम गर्भनरसहित ६०० भन्दा बढी संस्था र च्यारिटीको प्रमुख पनि थिइन्। अब ती सबै पदवी स्वतः उनको छोरामा सर्नेछ। उनका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिनी छन्। रानी एलिजावेथको शासनकालमा १५ जना अलगअलग प्रधानमन्त्री बने। जसमा विन्स्टन चर्चिलदेखि नवनियुक्त प्रधानमन्त्री लिज ट्रससम्म छन्।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार