शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

प्रचण्ड भन्छन– सिट बाँडफाँड आजै टुंगिन्छ

प्रचण्ड भन्छन– सिट बाँडफाँड आजै टुंगिन्छ

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    प्रचण्ड भन्छन– सिट बाँडफाँड आजै टुंगिन्छ
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँडआजै टुंग्याउने बताएका छन् । पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले त्यसका लागि आज दिउँसो तीन बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने जानकारी दिए । ‘आज टुंगाउने गरी तीन बजेदेखि छलफल गर्दैछौं ।’ उनले भने । सिट बाँडफाँड सहमति नजिक पुगेको पनि उनको दाबी छ । ‘नेताहरुको अरु तिर कार्यक्रम नभएको भए हिजै टुंगिने अवस्था बनिसक्या थियो । तालमेलका लागि समस्या भएको केही पनि छैन । तालमेलमा हामीले समझदारी बनाएर नै जान्छौं,’ प्रचण्डले दाबी गरे । संविधानको रक्षाको लागि गठबन्धन बनाइएको भन्दै प्रचण्डले त्यसको आवश्यकता अहिले पनि रहेको बताए । साउन तेस्रो साता नै गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरेको थियो । तर पनि गठबन्धनका घटकहरुबीच सिट बाँडफाँड मिलेको छैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार