शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

एमाले र लोसपाबीच तालमेलको तयारी, ओली र ठाकुरबीच छलफल

एमाले र लोसपाबीच तालमेलको तयारी, ओली र ठाकुरबीच छलफल

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    एमाले र लोसपाबीच तालमेलको तयारी, ओली र ठाकुरबीच छलफल
    images
    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र अर्को प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच तालमेल हुने भएको छ। त्यसका लागि दुवै दलले तयारी तीब्र पारेका छन । दुई दलबीच तालमेलका लागि एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच दुई चरणमा वार्ता समेत भएको छ । एमाले अध्यक्ष ओली र ठाकुरबीच आज पनि वार्ता भएको छ । भेटवार्ताको दुवै दलका दोस्रो तहका नेताले पुष्टि गरेका छन । छलफल सकारात्मक रहेका नेताहरुले बताएका छन । एमालेले पहिले प्रयास गरेपनि लोसपा मौन जस्तै थियो, तर समय घर्किँदै गएको र उपेन्द्र यादवका कारण सत्तागठबन्धनसँग तालमेलको संभावना कमजोर बनेपछि एमालेसँग तालमेलका लागि लोसपाका शीर्ष नेता सक्रिय भएका हुन । अब ओली र ठाकुरबीच संवाद भएर कार्यदल बनाउने र त्यसले सिट बाँडफाँड गर्ने गरी काम अघि बढ्नेछ । मधेश प्रदेशमा प्रतिनिसभा तर्फ ३२ सिट छन, त्यसमा धेरै दाबी गर्ने लोसपाको तयारी छ । तर एमालेले केही क्षेत्रमा राप्रपाको पनि जनमत र दाबी रहेकोले त्यसलाई पनि ध्यान दिएर सहमति गनुपर्ने बताएको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार