शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

नागरिकता विधेयकले मुलुक सिक्किम र फिजी बन्छ : ईश्वर पोख्रेल

नागरिकता विधेयकले मुलुक सिक्किम र फिजी बन्छ : ईश्वर पोख्रेल

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    नागरिकता विधेयकले मुलुक सिक्किम र फिजी बन्छ : ईश्वर पोख्रेल
    images
    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले मुलुकलाई सिक्किम वा फिजी बनाउन नागरिकता विधेयक ल्याइएको आरोप लगाएका छन । काठमाडौमा भएको एक सार्वजनिक कार्यक्रममा बोल्दै एमाले वरिष्ठ उपाध्यक्ष पोख्रेलले नागरिकता विधेयक ल्याएर मुलुकको अस्तित्व संकटमा पार्न खोजिएको दाबी गरे ।‘संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको  प्रतिवेदन हटाएर अहिले नागरिकता प्रदान गर्ने कुरा जुन किसिमले गरिएको छ, यो खेदजनक छ, राष्ट्रिय हित विपरीत छ । हाम्रो स्वाभिमान विपरित  छ,’ उनले भने, ‘नेपाललाई सिक्किम वा फिजी बनाउने कुरासित यसको साइनो सम्बन्ध छ ।’ गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको उनको आरोप छ ।संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको आरोप पनि उनले लगाए । उनले संसदका दुवै सदनबाट बहुमतले पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक राष्ट्रिय हीत र स्वाभिमान विपरीत रहेको दाबी गरे । एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको पोख्रेल ले बताए ।पोख्रेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति पनि जनाए । ‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्शा लुकाएर बुच्चे नक्शा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने ? ’ उनले भने, ‘दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने, आँच पुर्‍याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ ।’    

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार