शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

देउवाको आक्रोश: गठबन्धनको विरोध पार्टी सिध्याउने षड्यन्त्र

देउवाको आक्रोश: गठबन्धनको विरोध पार्टी सिध्याउने षड्यन्त्र

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    देउवाको आक्रोश: गठबन्धनको विरोध पार्टी सिध्याउने षड्यन्त्र
    images
    चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउनकै लागि गठबन्धन गरिएको बताएका छन । गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने उनको दाबी छ । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस बलियो बनाउन गठबन्धन आवश्यक रहेको बताए । उनले गठबन्धन विरोधी पार्टी नेताहरुप्रति पनि आक्रोश व्यक्त गरे । गठबन्धनको विरोधलाई उनले कांग्रेस सिध्याउने षडयन्त्रको संज्ञा दिए । 'गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो।' प्रधानमन्त्री देउवाले भने। गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता-कार्यकर्ताहरू डरले थरर हुने गरेको पनि उनले स्मरण गराए । 'सबैले ओली हटाउनुपर्छ भनेको हो नि । गठबन्धन गरेर नै हटाएर आज के भयो ।’ देउवाले आक्रोश व्यक्त गर्दै भने– पहिले केही थिएन । अहिले सरकार हाम्रो नेतृत्वमा छ । मुख्यमन्त्रीहरू पनि हाम्रा छन् । यहीँकै मान्छे मन्त्री बने । यो त भोलि पनि हुन्छ नि ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार