शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षहीन,आइतबार फेरि बस्ने

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षहीन,आइतबार फेरि बस्ने

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    सत्ता गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षहीन,आइतबार फेरि बस्ने
    images
    काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बिना निष्कर्ष सकिएको छ । शनिबार सांझ बसेको बैठकमा आगामी चुनावका लागि कुन दलले कति सिट लिने भन्ने विषयमा कुरा नमिलेपछी बैठक बिना निष्कर्ष सकिएको हो । अब आइतबार फेरि बैठक बस्नेछ । शीर्ष नेता सहित कार्यदल समेत बसेको आजको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव उपस्थित थिएनन् । अरु दलका नेताले यादवलाई कुरिरहे पनि गएनन् । बैठकमा सहभागी एक नेताका अनुसार कुनैपनि दल आफ्नो अडानबाट टसमस भएनन । नेपाली कांग्रेसले १००,माओवादीले ६०, एकीकृत समाजवादीले ४०,जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका छन । कार्यदलमा कुरा नमिलेपछि कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार