शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

नेपालबाट 'ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस

नेपालबाट 'ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    नेपालबाट 'ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस
    images
    काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिले ९५औं संस्करणको ओस्कारका लागि सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको हो । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको हो । छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन भनेको थियो । सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए । समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता लगायत पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । यो सालको ओस्कार अवार्ड मार्च १२ मा लस एन्जलसको डल्बी थिएटरमा हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार