शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

गोठाटार हत्याकाण्ड: तीनजना अभियुक्त सार्वजनिक, पक्राउ पर्नेमा एक युवती पनि 

गोठाटार हत्याकाण्ड: तीनजना अभियुक्त सार्वजनिक, पक्राउ पर्नेमा एक युवती पनि 

काठमाडौं । काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गोली हानी हत्या गर्ने अपराधमा संलग्न तीन  जनालाई प्रहरीले  पक्रेर सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ निवासी २१ वर्षीय महोरम मियाँ छन्। उनले  हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। 

साझा पोष्ट
शुक्रबार, असोज १४ २०७९
  • images
    गोठाटार हत्याकाण्ड: तीनजना अभियुक्त सार्वजनिक, पक्राउ पर्नेमा एक युवती पनि 
    images

    काठमाडौं । काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गोली हानी हत्या गर्ने अपराधमा संलग्न तीन  जनालाई प्रहरीले  पक्रेर सार्वजनिक गरेको छ।


    images
    images

    पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ निवासी २१ वर्षीय महोरम मियाँ छन्। उनले  हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। 


    प्रहरीले पर्साकै वीरगञ्ज महानगरपालिका–१५ निवासी १९ वर्षीय रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका–१ का २१ वर्षीया सुस्मिता स्याङ्तानलाई पनि पक्राउ गरेको छ। मियाँले हत्याको योजना बनाउनुका साथै हतियार व्यस्थापनमा सघाएको खुलेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार स्याङ्तानले  मृतकको गतिविधिको निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन्। 

    प्रहरीका अनुसार उनी यसघि चोरी मुद्दामा कारागार बसेर छुटेकी थिइन्। उनले २०७६ असार ११ गतेदेखि २०७८ फागुन ७ गतेसम्म चोरी मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरेको खुलेको छ। घटनाबारे प्रहरीको विशेष टोलीले अनुसन्धानका क्रममा तीनजनालाई उपत्यकार वीरगञ्जनिकट भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो। 

    उनीहरुलाई केही दिन पहिल्यै पक्राउ गरिए पनि आज सार्वजनिक गरिएको हो । असोज ३ मा कारबाट झर्ने क्रममा सर्लाहीको सिसौरिया-६ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए। 

    गोली लागी घाइते भएका उनलाईशंखरापुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारका क्रममा उनको असोज ३ गते राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो। 


    प्रहरीले  हत्याकाण्डमा प्रयोग भएको एउटा पेस्तोल पनि बरामद गरेको छ। प्रहरीका अनुसार मेड इन युएसए लेखिएको पेस्तोल एक थान, २.९ एमएमको खोका ४ र ३.९ एमएमको प्रयोग नभएको चार राउन्ड गोली पनि बरामद भएको छ। उनीहरुविरुद्ध ज्याननसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार