शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

बायोमेट्रिक हाजिरी गर्न प्राध्यापकले मानेनन्

बायोमेट्रिक हाजिरी गर्न प्राध्यापकले मानेनन्

त्रिवि कार्यकारी परिषदको भदौ ७ गतेको बैठकले निर्णय गर्दै सबै क्याम्पस तथा विभागहरुलाई अनिवार्य बायोमेट्रिक हाजिरी गर्न गराउन निर्देशन दिएको थियो । तर पछि संघले डिजिटल हाजिरी गर्न प्राध्यापकीय पेशासँग मेल नखाने भन्दै आपत्ति जनाएको हो । त्रिवि प्राध्यापक संघ केन्द्रीय सभापति प्रा‍. डा. वसन्त ढकालले विज्ञप्ति जारी गर्दै डिजिटल हाजिरी सम्बन्धी परिपत्रप्रति त्रिवि प्राध्यापक संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।

साझा पोष्ट
शुक्रबार, असोज १४ २०७९
  • images
    बायोमेट्रिक हाजिरी गर्न प्राध्यापकले मानेनन्
    images

    काठमाडौं । शिक्षक तथा कर्मचारीहरुको बायोमेट्रिक हाजिरी गर्न गराउन त्रिभुवन विश्वविद्यालयले गरेको निर्णयप्रति  प्राध्यापक संघले विरोध जनाएको छ ।


    images
    images

    त्रिवि कार्यकारी परिषदको भदौ ७ गतेको बैठकले निर्णय गर्दै सबै क्याम्पस तथा विभागहरुलाई अनिवार्य बायोमेट्रिक हाजिरी गर्न गराउन निर्देशन दिएको थियो । तर पछि संघले डिजिटल हाजिरी गर्न प्राध्यापकीय पेशासँग मेल नखाने भन्दै आपत्ति जनाएको हो ।

    त्रिवि प्राध्यापक संघ केन्द्रीय सभापति प्रा‍. डा. वसन्त ढकालले विज्ञप्ति जारी गर्दै डिजिटल हाजिरी सम्बन्धी परिपत्रप्रति त्रिवि प्राध्यापक संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।

    परिषदले सरोकारवालाहरुसँगको छलफल, सल्लाह र सहमति बिना एक पक्षीय ढंगले अलोकतान्त्रिक तरिकाबाट प्राज्ञिक कार्यमा समर्पित प्राध्यापकहरुबीच आतंक सिर्जना गर्ने उद्देश्यका साथ ल्याइएको भन्दै निर्णय फिर्ता लिन पनि माग गरेको छ ।

    हेर्नुस् विज्ञप्तीः

    TU-Pradhyapak-sang-Birodh_letter1664538247.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार