शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

सन्दीप लामिछाने असोज २० गते नेपाल आउने 

सन्दीप लामिछाने असोज २० गते नेपाल आउने 

साझा पोष्ट
शनिबार, असोज १५ २०७९
  • images
    सन्दीप लामिछाने असोज २० गते नेपाल आउने 
    images

    काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते ९अक्टोबर ६० मा नेपाल आउने भएका छन् ।  नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि उनले फेसबुक मार्फत जानकारी दिएका छन् । आफू निर्दोष रहेको दाबी गर्दै उनले नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । 


    images
    images

    ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’


    उनले आफूले छिटोभन्दा छिटो शुरुमै न्याय पाउने विश्वास पनि लिएका छन् ।  आफू षडयन्त्रको शिकार भएको  उनको दाबी छ ।  एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् ।

    आरोप लागेपछि लामिछाने स्वदेश फर्किन ढिलाइ भैरहेका बेला उनको पछिल्लो यस्तो धारणा आएको हो । उनले आफू कहाँ रहेको भन्नेबारे चाहिँ केही खुलाएका छैन । उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ । उनले आफू कहाँ रहेको भन्नेबारे चाहिँ केही खुलाएका छैन । 

    sandeep1664601487.PNG

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार