शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

भोलि मतदान, आज घर फर्कनेहरुको भिड (फोटो फिचर)

भोलि मतदान, आज घर फर्कनेहरुको भिड (फोटो फिचर)

साझा पोष्ट
शनिबार, मंसिर ३ २०७९
  • images
    भोलि मतदान, आज घर फर्कनेहरुको भिड (फोटो फिचर)
    images

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै  काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किनेहरुको चहलपहल बढेको छ । 


    images
    images

    भोट हाल्न एक दिन मात्रै बाँकी रहेसँगै कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा ह्वात्तै बढेको हो । 

    Bhot_Halna_Ghara (2)1668838562.jpg

    भोलि हुने चुनावका लागि आज रातिदेखि गाडी चलाउन नपाइने भएकाले शुक्रवार र शनिवार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या अझ बढेको छ । 

    Bhot_Halna_Ghara (1)1668838539.jpg

     

    भोट हाल्न कोटेश्वर क्षेत्रबाट गाउँ फर्किन तयारी गरेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले प्रतिवद्धता जनाए अनुसारका विकासका कामहरु गर्नुभन्दा पनि आफ्ना लागि मात्रै काम गरेको बताए । 

    Bhot_Halna_Ghara (7)1668838599.jpg

    उनीहरुले यस पटक विकासका काममा लाग्न आग्रह गरेका छन् । उनीहरुले आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरु अघि बढाउन आग्रहसमेत गरेका छन् ।

    Bhot_Halna_Ghara (6)1668838619.jpg

    कतिपय राजनीतिक दलहरुले भोट हाल्नका लागि आफ्ना समर्थकहरुलाई गाउँ लैजान निःशुल्क गाडीको व्यवस्था गरेका छन् । कोही भने आफ्नै खर्चले मतदानको आफ्नो अधिकार प्रयोगका लागि गाउँ फर्किएको बताउँछन् । 

    Bhot_Halna_Ghara (5)1668838637.jpg

    Bhot_Halna_Ghara (4)1668838652.jpg

    -न्यूज एजेन्सी नेपाल

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार