शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

सीके राउत नेतृत्वको जनमत राष्ट्रिय पार्टी बन्ने, नेकपा एस के होला ? 

सीके राउत नेतृत्वको जनमत राष्ट्रिय पार्टी बन्ने, नेकपा एस के होला ? 

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    सीके राउत नेतृत्वको जनमत राष्ट्रिय पार्टी बन्ने, नेकपा एस के होला ? 
    images

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा थ्रेसहोल्ड कटाएको छ । जनमत पार्टले ३ लाख मत ल्याएसँगै थ्रेसहोल्ड कटाएको हो । 


    images
    images

    थ्रेसहोल्ड कटाएसँगै पहिलो पटक निर्वाचनमा सहभागी भएको जनमत राष्ट्रिय पार्टी बन्ने भएको छ । राष्ट्रिय पार्टी हुन एक ठाउँमा प्रत्यक्ष र समानुपातिकमा सदर मतको ३ प्रतिशत ल्याउनु पर्ने हुन्छ । हालसम्म गणना भएको मत परिणाम अनुसार जनमतले ३ प्रतिशत मत ल्याएको छ । 

    उता माधव नेपाल नेतृत्वको नेकपा एस भने राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेको छ । उसले  ९५ लाख ८४ हजार १७५ मत गनिसक्दा 
    हालसम्म २ लाख ६४ हजार ५३४ मत ल्याएको छ । एमाले, कांग्रेस, मओवादी, रास्वपा, राप्रपा, जसपा राष्ट्रिय पार्टी बनिसकेका छन् । 

    हालसम्म एमालेले २५ लाख ८६ हजार ७३३ मतसहित पहिलो स्थानमा छ भने कांग्रेले २४ लाख ५३ हजार ६३१ मत ल्याएर एमालेलाई पच्छ्याइरहेको छ । माओवादीले ११ लाख कटाएको छ । ११ लाख १ हजार ७२९ मतसहित माओवादी तेस्रो स्थानमा रहँदा रास्वपाले १० लाख ७१ हजार ६०६ मत पाएको छ । 

    त्यस्तै राप्रपाले ५ लाख ५२ हजार २१३  र  जसपाले ३ लाख ५८ हजार ८२२ मत पाएका छन् । 


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार