शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

५ वर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निष्काशन

५ वर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निष्काशन

साझा पोष्ट
सोमबार, फागुन १ २०७९
  • images
    ५ वर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निष्काशन
    images

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले  ५ बर्ष अवधिको ‘११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ निष्काशन गरी बिक्री खुला गरेको छ।


    images
    images

    बैंकले ५ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ प्रतिऋणपत्र अंकित मूल्यको ५० लाख कित्ता ऋणपत्र माघ २९ देखि निष्काशन गरेको हो।  ऋणपत्र निस्कासन तथा बिक्री छिटोमा फागुन ३ गते र ढिलोमा फागुन १४ गतेसम्म बन्द हुने गरी तोकिएको छ। 

    निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा  बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ।

    सर्वसाधारणलाई निस्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्रि गरिनेछ। सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र किन्न सक्नेछन्।ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

    ग्लोबल आइएमई बैंक लिमिटेडको यस ऋणपत्रको अवधि ५ वर्षको  छ। वार्षिक ११.२५५ का दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ। 

    बैंकले ऋणपत्रको निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई तोकेको छ। लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था एवंम् तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।

    ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा ३६५ शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३६९ एटीएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकलाइ सेवा दिईरहेको छ । 

     बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार