Sajha Post
१० वर्षपछि गृह मन्त्रालयको नेतृत्वमा आएका नारायणकाजीले भने : भ्रष्टाचार सहने छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ १० वर्षपछि गृहमन्त्री बनेका छन । श्रेष्ठ ०६८ मा केही दिन गृहमन्त्री बनेका थिए । उनी १६ साउन २०६८ देखि ३ भदौ २०६८ सम्म गृहमन्त्री बनेका थिए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज शपथ लगत्तै पदभार सम्हालेका छन् ।

११ पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृहको जिम्मेवारी दिएका हुन् 

 ‘१० वर्षपछि गृह मन्त्रालयमा फर्किएको छु । प्रधानमन्त्रीको निर्देशनअनुसार गृह मन्त्रालयको जिम्मेवारी लिएर आएको छु ।’ उनले भने । 

 श्रेष्ठले प्रहरी प्रशासनको प्राथमिकतामा गरिब र निमुखा जनता हुनुपर्ने  र कसैको दबाबमा काम गर्नु नपर्ने बताए । । ‘संविधानलाई हेर्ने, कानुनलाई हेर्ने, जनतालाई हेर्ने’, एउटा निमुखाले सांसद वा मन्त्रीहरुलाई भनेर काम गराउन पनि नसक्ने भन्दै उनले भने, ‘कुनै समस्या भए समाधान गरौंला, तर जनताको सेवा, गरिव र निमुखालाई प्राथमिकता होस् ।’

उनले अपराध नियन्त्रणमा उदारता अपनाउने वा सम्झौता गर्ने छुट कसैलाई नभएको समेत बताए । अपराध नियन्त्रण मन्त्रालयको प्रमुख जिम्मेवारी भएको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘कसैले कुनै प्रकारको मोइलाजा गर्ने, उदारता अपााउने वा सम्झौता गर्ने छुट दिइने छैन ।’

machhapuchhre bank

भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अपनाइने उनले बताए । आफू भ्रष्टाचार मुक्त हुने र अरुको हकमा भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो सीमामा रहेन भूमिका खेल्नुपर्ने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कुनै पनि कोणबाट भ्रष्टाचार सहन गरिने छैन ।’

समयप्रति आफू प्रतिवद्ध रहेको भन्दै उनले ५ मिनेट त हो नि भन्ने छुट दिन नसक्ने बताए । पद जिम्मेवारी पालना भएको भन्दै उनले यसको दुरुपयोग नगर्न तथा समानता र मानवियताका आधारमा सम्बन्धहरु राख्न निर्देशन समेत दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update