आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

नेपालमा विदेशी फिल्मको वर्चश्व: एक वर्षमा बाहिरियो झण्डै ८० करोड

नेपालमा विदेशी फिल्मको वर्चश्व: एक वर्षमा बाहिरियो झण्डै ८० करोड

काठमाडौं । चलचत्रि विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा देशभित्र प्रदर्शन भएका चलचित्रहरुको बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ ।  नेपाली चलचित्रको भन्दा विदेशी चलचित्रको व्यापार बढी देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका हलमा कुल १३५ फिल्म रिलिज हुँदा विदेशी फिल्मले धेरै कमाएका छन् ।

साझा पोष्ट
बिहीबार , साउन ४ २०८०
  • images
    नेपालमा विदेशी फिल्मको वर्चश्व: एक वर्षमा बाहिरियो झण्डै ८० करोड
    images

    काठमाडौं । चलचत्रि विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा देशभित्र प्रदर्शन भएका चलचित्रहरुको बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । 


    images
    images

    नेपाली चलचित्रको भन्दा विदेशी चलचित्रको व्यापार बढी देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका हलमा कुल १३५ फिल्म रिलिज हुँदा विदेशी फिल्मले धेरै कमाएका छन् ।

    गत आर्थिक वर्षमा नेपालमा प्रदर्शनमा आएका  ७८ वटा विदेशी फिल्मले ७९ करोडभन्दा धेरै रुपैयाँ कमाएका छन् । ती फिल्म प्रदर्शनबाट ७९ करोड, ४३ लाख ४ हजार ७४८ रुपैयाँ ९ पैसा बिदेसिएको हो । 

    यसैगरी गत आर्थिक वर्षमा ५७ वटा नेपाली फिल्म रिलिज भएका छन् । चलचित्र विकास बोर्डका अनुसार नेपाली फिल्म प्रदर्शनबाट ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ आम्दानी भएको छ ।

    विकास बोर्डको बक्स अफिस कलेक्सन रिपोर्टअनुसार नेपाली फिल्मले भन्दा विदेशी फिल्मले धेरै कमाएका हुन् । त्यसमा हिन्दी फिल्म धेरै छन् । 

    नेपालीतर्फ धेरै व्यवसाय गर्ने तीन फिल्ममा ‘छक्का पन्जा ४’, ‘जारी’ र ‘प्रेम गीत ३’  छन् । ‘छक्का पन्जा ४’ ले १७ करोड ५२ लाखभन्दा बढी व्यवसाय गरेको छ । त्यस्तै  दोस्रो सूचीमा आएको जारीले १७ करोड १७ लाख बढी कलेक्सन गरेको छ । यो सूचीको तेस्रो नम्बरमा प्रेम गीत ३ आएको छ । फिल्मले ७ करोड ७० लाख बढी कलेक्सन गरेको छ । 

    त्यस्तै महापुरुष ७ करोड ३८ लाख र दुई नम्बरी ३ करोड ८४ लाख आम्दानी गर्दै चौथो र ५ औँ स्थानमा परेको छ ।  त्यस्तै फिल्म फूलबारीले ३ करोड ५३ लाख,  झिँगेदाउले ३ करोड ४१ लाख,  के घर के डेराले २ करोड ६५ लाख, प्रेम गीत ३ हिन्दीले २ करोड २७ लाख र प्रकाशले १ करोड ७५ लाख कमाएको छ ।

    गत वर्ष नेपालमा सबैभन्दा बढी कमाउने विदेशी चलचित्र रहेको छ पठान । शाहरुख खान अभिनित यो चलचित्रले १३ करोड २८ लाख ८ सय १० रुपैयाँ कलेक्सन गरेको बोर्डले जनाएको छ ।  चलचित्रका ४ लाख ३७ हजार ५८५ टिकट विक्री भएका थिए ।

    दोस्रो स्थामा छ हलिउड चलचित्र अवतारः द वे अफ वाटर । यो चलचित्रका २ लाख ६८ जहार ९३१ टिकट विक्री हुँदा ८ करोड ३० लाख भन्दा बढीको व्यापार गरेको छ । तेस्रो, चौंथो र पाचौं स्थानमा क्रमशः ब्रम्हास्त्र, दृष्यम २ र उँचाईं रहेका छन् । ब्रम्हास्त्रले ४ करोड ४७ लाख, दृष्यम २ ले ३ करोड ४७ लाख र उचाईंले २ करोड ९४ लाखभन्दा बढीको व्यापार गरेका छन् ।कन्नड भाषाको फिल्म कन्तराले पनि नेपालमा राम्रो व्यापार गर्न सफल भयो । यो चलचित्रका ८३ हजार ७७४ टिकट विक्री हुँदा २ करोड ४७ लाख भन्दा बढी कलेक्सन गरेको थियो ।

    सलमान खानको फिल्म ‘किसी कि भाइ किसी की जान’ ले नेपालमा २ करोड २८ लाखभन्दा बढी कमायो । चलचित्रका ७८ हजार ३१० टिकट विक्री भएका थिए ।

    अमेरिकी सुपरहिरो फिल्म ब्ल्याक प्यान्थरः वाकान्दा फरएभरले २ करोड १९ लाख भन्दा बढीको व्यापार गरेको छ । दक्षिण भारतीय चलचित्र आदिपुरुषले करिब दुई करोड कमाइ गरेको छ । सो चलचित्रका ५९ हजार ६५६ वटा टिकटहरु विक्री भए । फिल्ममा प्रयोग गरिएका आपत्तिजनक संवादलाई लिएर सो फिल्मलाई काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहले प्रतिबन्ध नै लगाएका थिए । आमिर खानको बलिउड फिल्म लाल सिंह चड्डा दसौं स्थानमा छ । यो चलचित्रले नेपालबाट एक करोड ७२ लाख रुपैयाँ कमाइ गर्यो ।

    अहिले प्रदर्शनमा रहेको हलिउड चलचित्र ‘मिसन इम्पोसिबल–डेड रकनिङ पार्ट १ ले ६७ लाखभन्दा बढीको व्यापार गरिसकेको छ । अर्को चर्चित हलिउड फिल्म अवतारले करिब ५१ लाख रुपैयाँ कमाएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार