बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

 मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त 

 मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त 

साझा पोष्ट
सोमबार, मंसिर १८ २०८०
  • images
     मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त 
    images

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. चोपलाल भुसाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को १३ मंसिरको बैठकले डा.भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।


    images
    images

    मेडिकल काउसिलमा उपाध्यक्षसहित सदस्यहरु चुनावबाट आउँछन् भने अध्यक्ष मन्त्रिपरिषदले नियुक्त गर्ने व्यवस्था छ ।

    अध्यक्षको नियुक्ति पाएका प्रा. डा. भुसाल कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालका श्रीमान् हुन् । विंस. २०६३ सालमा नेपाल चिकित्सक संघको अध्यक्ष भएका उनले २०६५ सालदेखि चार वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षको जिम्मेवारी पाएका थिए । २०१७ देखि २०१९ सम्म उनले बंगलादेशका लागि नेपालको राजदूत समेत भएका थिए ।
    उनी नाक, कान र घाँटी रोग विशेषज्ञ हुन् । 

    प्रतिक्रिया हरु
    थप समाचार