शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

आँशुले धानेको देश (फोटोफिचर )

आँशुले धानेको देश (फोटोफिचर )

साझा पोष्ट
शनिबार, माघ २० २०८०
  • images
    आँशुले धानेको देश (फोटोफिचर )
    images

    काठमाडौं । विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजिमा विदेश भौंतारिननै पर्नु  देशको लागि राम्रो हुनै सक्दैन् ।नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेको संख्या ठूलो छ । धेरैजसो नेपाली स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् ।


    images
    images

    कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जीविका चलाउन नसक्दा विदेशिएका छन् । यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरुको क्रन्दन र रोदन हेरे र सुने पुग्छ ।  परिवारलाई खुशी दिने सपना बोकेर विदेशिएका कतिपय नेपाली त उतै अस्ताउँछन् ।

    airport_bidesh.jpg

    त्यतिमात्रै होइन, शव ल्याउन पनि राजनीति  हुन्छ । सीप सिकेर गएकाहरुले केही काम गर्नसक्छन् । तर सीप सिकेर विदेश नगएकाहरु कामै नपाउँदा समेत स्वदेश फर्किन चाहेर पनि सक्दैनन् । यता थपिँदो ऋणमाथि ऋणको बोझले कतिपय गलत काम गर्न बाध्य हुन्छन् । यस्ता धेरै उदाहरण र भोगिसकेका घटना हाम्रै देश र समाजका हुन् । यी तीतो यथार्थलाई कहिल्यै नजिकबाट नियाल्न नसक्ने नेतृत्वहरु अझैपनि स्वदेशमै रोजगारी दिन्छौँ भन्न लाज मान्दैनन् ।

    बोली पूरा गर्न त परको कुरा बोलेको दुई दिनमै बिर्सिहाल्ने बानी नेतृत्व वर्गमै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ । तर यो देश रोएको हो । देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ । न त रोएको देशलाई कहिल्यै मल्हमपट्टी लगाउने बारेमा ध्यान दिन्छ । जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ । त्यसैले नै होला भोलिका भविष्यहरु आज आफ्नो आँशु झारेर भएपनि आफ्नो भविष्य सुरक्षित राख्न विदेशिएका छन् ।

    परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एकपटक रुवाएर र आफू रोएर भएपनि विदेश जाँदैछन् । किन पनि भने भोलिका यो देशका भविष्यहरु आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन् । समग्रमा भन्दा आज देशको भविष्य रोएको छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकारलै कैद गरेका देश दु:खेको कथा आजको फोटो फिचरमा ।

    aashu_child.jpg
    aashu_aama.jpg
    aashu_4.jpg
    aashu_budhi aama.jpg
    aashu_sano nani.jpg
    aashu_bau.jpg
    aashu_couple.jpg


    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार