मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

मुस्लिम धर्मावलम्बी आज ईद उल फित्र मनाउँदै, सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बी आज ईद उल फित्र मनाउँदै, सार्वजनिक बिदा

साझा पोष्ट
बिहीबार , चैत २९ २०८०
  • images
    मुस्लिम धर्मावलम्बी आज ईद उल फित्र मनाउँदै, सार्वजनिक बिदा
    images

    काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदका अवसरमा सरकारले आज सार्वजनिक बिदा  दिएको छ ।


    images
    images

    ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।
    हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज  गर्ने इस्लाम परम्परा छ ।

    चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

    ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

    धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

    प्रतिक्रिया हरु
    थप समाचार