मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

इजरायलस्थित दूतावासले भन्यो – नेपाली सुरक्षित छन्

इजरायलस्थित दूतावासले भन्यो – नेपाली सुरक्षित छन्

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    इजरायलस्थित दूतावासले भन्यो – नेपाली सुरक्षित छन्
    images

    काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई इरानी आक्रमणले कुनै असर नगरेको र सबै सुरक्षित रहेको जानकारी  दिएको छ । 


    images
    images

    दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।

    ‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

    आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा आक्रमण गरिरहेको छ । दूताबासले आईतवार विज्ञप्ति निकालेर अत्यावश्यक काम नपरी बाहिर ननिस्किन भनिसकेको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार