मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे छलफल

सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे छलफल

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे छलफल
    images

     काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिनेबारे सत्ता गठबन्धनमा छलफल भएको छ।


    images
    images

    एकीकृत समाजवादी कांग्रेसको खेमामा उभिएपछि उसलाई फकाउन सत्ता गठबन्धनमा छलफल भएको हो ।  मंगलबार मध्याह्न विवाद सल्ट्याउन नेकपा(एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसद र नेताहरूसहित छलफल भएको छ । 

    बैठकमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे छलफल भएको एक नेताले बताए।
    समाजवादी संसदीय दलका नेता नाउपाका सांसद दीर्घ सोडारीले नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिता लिने र अर्को प्रक्रिया शुरु गर्नेबारे कुराकानी भएको बताइएको छ । 

    आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच छलफल भएको थियो।

    छलफलमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको खनालले दाबी गरेका थिए। सुदूरपश्चिममा नाउपाका २ जनाको मुख्यमन्त्रीमा दाबी परेपछि नाउपा पनि सकसमा छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार