मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

सोडारीलाई नै सुदूरपश्चिममा मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

सोडारीलाई नै सुदूरपश्चिममा मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    सोडारीलाई नै सुदूरपश्चिममा मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय
    images

    काठमाडौं । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।


    images
    images

    बुधबार बसेको सचिवालय बैठकले  सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए ।

    त्यसअनुसार एकीकृत समाजवादीका दल नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका थिए । तर केन्द्रबाट निर्देशन नआएको भन्दै एमाले नेताहरू बिहान बैठकमै गएनन् ।

    सत्ता गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू तयार नभएको बताएका छन् । तर समाजवादीले सोडारीकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार