मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पत्र लेख्दै एकीकृत समाजवादी भन्यो: मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई समर्थन छैन

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पत्र लेख्दै एकीकृत समाजवादी भन्यो: मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई समर्थन छैन

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पत्र लेख्दै एकीकृत समाजवादी भन्यो: मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई समर्थन छैन
    images

    काठमाडौं । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।


    images
    images

    मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई एक पत्र बुझाउँदै लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएका हुन् । 

    यसअघि गत आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए । त्यसको दुई दिनपछि एकीकृत समाजवादिले चौधरीलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र दिएका हुन् ।

    तर काठमाडौंमा सत्ता गठबन्धन जोगाउन सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने विषयमा छलफल भएपछि यसअघि दिएको समर्थन फिर्ता लिएको हो ।

    सुदूरपश्चिममा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्दा नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले पनि दाबी गरेका छन् । मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाले कानुनी परामर्श गर्ने भन्दै मुख्यमन्त्री नियुक्त गरेका छैनन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार