मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिनको समय

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिनको समय

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिनको समय
    images

     काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुबै दाबी अस्वीकृत गरेका छन् ।


    images
    images

    मुख्यमन्त्रीमा दाबी पेश गरेको  दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुन: २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

    मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए ।

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा पेश गरेका थिए ।

    तर केन्द्रीय सत्ता गठबन्धनमा नयाँ ढंगले छलफल चलेपछि त्यसलाई सहयोग पुग्ने गरी प्रदेश प्रमुखले नयाँ कदम चालेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार