शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

हैदरावादले दिल्लीलाई दियो २६७ रनको विशाल लक्ष्य,  हेड र अभिषेकको विष्फोटक ब्याटिङ

हैदरावादले दिल्लीलाई दियो २६७ रनको विशाल लक्ष्य,  हेड र अभिषेकको विष्फोटक ब्याटिङ

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    हैदरावादले दिल्लीलाई दियो २६७ रनको विशाल लक्ष्य,  हेड र अभिषेकको विष्फोटक ब्याटिङ
    images

    काठमाडौँ। ओपनर ट्राभिस हेड र अभिषेक शर्माको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई २६७ रनको विशला लक्ष्य दिएको छ।


    images
    images

    अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको हो।

    हैदरावादका ओपनर हेडले सर्वाधिक ८९ रनको इनिङ्स खेले। ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे।

    अभिषेक शर्माले १२ बलमा ६ छक्का र २ चौका सहित ४६ बनाए । हेड र अभिषेकले पहिलो विकेटका लागि ६ ओभर २ बलमा १३१ रन जोडे । छैटौं नम्बरका ब्याटर शाहबाज अहमदले नटआउट ५९ रन बनाए । २९ बल खेल्दै उनले ५ छक्का र २ चौका हाने । 

     नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनमा आउटभए । दिल्लीका कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ५५ रन खर्चिए। यस्तै, मुकेश कुमार र अक्षर पटेलको नाममा १ विकेट रह्यो।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार