बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

दिल्लीमाथि हैदराबादको सहज जित

दिल्लीमाथि हैदराबादको सहज जित

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    दिल्लीमाथि हैदराबादको सहज जित
    images

    काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)  मा दिल्ली क्यापिटल्सलाई  ६७ रनले हराएको छ । पाँचौं जितसँगै प्लेअफ सम्भावना बलियो बनाएको  हैदराबाद दोस्रो स्थानमा उक्लिएको छ । 
    २६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो । दिल्लीका ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ६ चौका र ७ छक्कासहित ६५ रन बनाए । ऋषभ पन्त ४४, अभिषेक पोरल ४२,पृथ्वी शा १६ र डेविड वार्नर १ रनमा आउट भए ।


    images
    images

    हैदराबादका टी नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । मयंक मारकंडे र नितेश रेड्डीले २र२ तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो । हैदराबादले यसअघि मुम्बईविरुद्ध २७७ र बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो ।

    हैदराबादका ट्रविस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाए । अभिषेक शर्मा १२ बलमा २ चौका र ६ छक्कासहित ४६ रनमा आउट भए । दुई ओपनरले पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा १२५ रन बनाएका थिए ।आईपीएलमा पावर प्लेमा बनेको सर्वाधिक रन हो । यसअघि कोलकाताले बेंगलोरविरुद्ध २०१७ मा १०५ रन बनाएको थियो ।

    शहबाज अहमदले २९ बलमा २ चौका र ५ छक्कासहित ५९, एडेन माक्ररम १, हेनरिक क्लासेन ३७ र अब्दुल सामदले १३ रन बनाए ।दिल्लीका कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४, मुकेश कुमार र अक्षर पटेलले १-१ विकेट लिए । दिल्ली ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार