बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा नेपालले जित्यो २ स्वर्णसहित ५ पदक

दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा नेपालले जित्यो २ स्वर्णसहित ५ पदक

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा नेपालले जित्यो २ स्वर्णसहित ५ पदक
    images

    काठमाडौं । भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदक जितेर नेपाल दोस्रो भएको छ ।


    images
    images

    वैशाख ८ गते भएको प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते । परी घर्तीमगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दीपिका अछाजुले रजत पदक प्राप्त गरे । दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन् । दिक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराएका थिए । 

    अर्जुनले ६० केजी मुनि तथा परीले महिला जुनियर ६३ केजी मुनि तौल समूह तथा दीपिकाले सिनियर ८७ केजी तौल समूहमा दोस्रो स्थान हासिल गरेका हुन् ।
    दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । २ दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता थिईन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार