बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

प्रिमियर कपको फाईनलमा यूएईले ओमानलाई दियो २०५ रनको लक्ष्य

प्रिमियर कपको फाईनलमा यूएईले ओमानलाई दियो २०५ रनको लक्ष्य

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    प्रिमियर कपको फाईनलमा यूएईले ओमानलाई दियो २०५ रनको लक्ष्य
    images

    काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जित्न यूएईले आयोजक ओमानलाई २०५ रनको विशाल लक्ष्य दिएको छ ।


    images
    images

    टस हारेर ओमानको निम्तोमा पहिले ब्याटिङ गरेको यूएईले आक्रामक ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २०४ रन बनायो । ओमानका लागि मोहम्मद वासिमले कप्तानी प्रदर्शन गरे । उनले शतक बनाए । ५५ बलको सामना गर्दै उनले सात छक्का र ६ चौकाको मद्दतले १०० रन बनाए । यस्तै आशिफ खानले १६ बलमा नटआउट ३८ रनको आक्रामक इनिङ खेले ।

    उनले ५ चौका र २ छक्का हाने । अलिशान शराफुले ३४ र विष्णु सुकुमारनले १८ रन जोडे । ओमानका बिलाल खानले २ तथा जिसन मक्सुद र शकिल अहमदले समान १ विकेट लिए । उपाधि जित्ने टिमले आगामी एशिया कप खेल्न पाउनेछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार