बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

कोलकाताले बेंगलोरलाई दियो २२३ रनको विशाल लक्ष्य

कोलकाताले बेंगलोरलाई दियो २२३ रनको विशाल लक्ष्य

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    कोलकाताले बेंगलोरलाई दियो २२३ रनको विशाल लक्ष्य
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाईट राईडर्सले रोयल च्यालेञ्जर्स बेंगलोरलाई २२३ रनको विशाल लक्ष्य दिएको छ ।


    images
    images

    इडेन गार्डेनमा पहिले ब्याटिङ गरेको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनायो । उसका लागि फिल्ट शाल्टले शुरु र रमनदीप सिंहले अन्तिममा आक्रामक खेले । साल्टले मात्रै १४ बलमा ७ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाए ।  

    कप्तान श्रेयस ऐयरले सर्वाधिक ५० रन बनाए । उनले ३६ बलमा सात चौका र एक छक्का हाने । रमनदीपले १४ बलमा २४ रन बनाए । रिंकु सिंहले १६ बलमा २४, आन्द्रे रसेलले २० बलमा २७ रन जोडे । कोलकाता आठ अंकसहित तेस्रो र बेंगलोर २ अंकसहित पुछारमा छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार