बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

ओमानलाई हराउँदै युएई एसिया कपमा छनौट

ओमानलाई हराउँदै युएई एसिया कपमा छनौट

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    ओमानलाई हराउँदै युएई एसिया कपमा छनौट
    images

    काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै युएई एसिया कपमा पुगेको छ ।  कप्तान मोहम्मद वासिमको शानदार शतकको सहयोगमा ओमानलाई हराउँदै युएई २०१६ पछि एसिया कपमा पुगेको हो । युएईले सन् २००४, २००८, २०१६ मा एसिया कप खेलेको थियो । 
    एसिया कपमा युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । भारत र पाकिस्तानको समूहमा यूएई पर्ने सम्भावना छ ।


    images
    images

    आइतबार २०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै मात्रै १४९ रन बनायो । ओमानका मध्यक्रमका ब्याटर प्रतीक अथभलेले ३० बलमा ४ चौका र ३ छक्कासहित ४९ र खालिद कैलले ३० रन बनाए । जिशान मकसुद १४, अकिब इल्यास ७, कश्यप प्रजापति १ र नसिम खुसी शून्यमा आउट भए ।

    यूएईका जुनैद सिद्दिकले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद फारुक र आयन खानले २र२ विकेट लिए ।ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । यूएईका कप्तान मोहम्मद वासिमले ५६ बलमा ६ चौका र ७ छक्कासहित १०० रन बनाए ।

    टी-२० आईमा वासिमको यो तेस्रो शतक हो । अलिशान शराफू २८ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । आशिफ खान १६ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे ।

    पहिलो विकेटका लागि अलिशान र वासिमले ९.४ ओभरमा ९३ रनको राम्रो सुरुवात दिलाएका थिए । ओमानका बिलाल खानले २, शकिल अहमद र जिशान मकसूदले १-१ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार