बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

कोलकातासँग एक रनले हार्‍यो बेंगलोर, लगातार सातौं हार

कोलकातासँग एक रनले हार्‍यो बेंगलोर, लगातार सातौं हार

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    कोलकातासँग एक रनले हार्‍यो बेंगलोर, लगातार सातौं हार
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० को ३६ औँ खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १ रनले पराजित गरेको छ । प्रतियोगितामा  बेंगलोरको यो लगातार सातौँ हार हो ।


    images
    images

    अन्तिम ओभरमा करन शर्माले तीन छक्का हिर्काउँदै बेंगलोरलाई नाटकीय जित नजिक पुर्‍याए पनि अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउँदै खेल हार्न पुग्यो ।

    बेंगलोरका लागि विल ज्याक्स र रजत पटिदारले अर्धशतीकय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । विलले सर्वाधिक ५५ रन बनाए । उनले ३२ बलमा ४ चौका र ५ छक्का हिर्काए । रजतले २३ बलमा ५२ रन बनाए ।

    दिनेश कार्तिकले २५ रन तथा सुयश प्रभुदेसाईले २४ रनको योगदान दिए । कोलकाताका लागि आन्द्रे रसलले ३ तथा सुनिल नरेन र हर्षित रानाले २–२ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो । कोलकाताका लागि कप्तान श्रेयर ऐयरले सर्वाधिक ५० रन बनाए । उनले ३६ बलमा ७ चौका र १ छक्का हिर्काए ।

    त्यस्तै, ओपनर फिल साल्ट १४ बलमा ४८ रन बनाए । उनले चौका र ३ छक्का प्रहार गरे । यसैगरी आन्द्रे रसलले २७ तथा रिंकु सिंह र रमनदीप सिंहले २४–२४ रन बनाए ।

    बैंगलुरुका लागि यश दयाल र क्यामरुन ग्रिनले २–२ विकेट तथा मोहम्मद सिराज र लोकी फर्गुसनले १–१ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार