२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपाल इभ टुरिजम टुरमा जोडियो दुबईको ‘ब्लूचिप ग्रुप’

नेपाल इभ टुरिजम टुरमा जोडियो दुबईको ‘ब्लूचिप ग्रुप’

साझा पोष्ट
बिहीबार , असार २ २०७९
  • images
    images
    नेपाल इभ टुरिजम टुरमा जोडियो दुबईको ‘ब्लूचिप ग्रुप’
    काठमाडौं । दुबईमा आयोजना हुन लागेको ‘नेपाल इभ टुरिजम टुर दुबई २०२२’कार्यक्रमका लागि दुबईको प्रतिष्ठित व्यापारिक संस्था ‘ब्लूचिप ग्रुप अफ कम्पनी’ जोडिएको छ । ड्रिम हाइ नेपालको आयोजनामा हुन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा ब्लूचिप कम्पनी जोडिएको आयोजक संस्थाका प्रमुख कमल जिसीले बताए । आगामी भदौ ५ गते २१ अगष्टका दिन दुबईको वल्र्ड ट्रेड सेन्टरको हलमा हुने कार्यक्रममा नेपालका चर्चित कलाकारको प्रस्तुती रहने छ । आयोजक संस्थाका अनुसार महानायक राजेश हमाल देखि अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, अञ्जली अधिकारी, गायक खेम सेन्चुरी, व्यंग्यकार सन्दीप क्षेत्री, गायिका सुनिता दुलाल, स्मिता दाहाल, गायक शिव परियार,नृत्यांगना तेरिया मगरसहित एक दर्जन बढी कलाकार उक्त कार्यक्रमका लागि दुबई जाँदैछन् । त्यस्तै नेपाली संस्कृति झल्काउने विभिन्न झाँकी प्रर्दशनी समेत गरिने आयोजकले जनाएको छ ।   नेपालको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको कार्यक्रममा दुबइमा रहने नेपाली मात्र नभइ त्यहाँका प्रतिष्ठित सरकारी कर्मचारी तथा व्यवसायीलाई समेत उपस्थित गराउने योजना आयोजकको रहेको छ । पर्यटन मन्त्रालयले समेत सहयोग गरेको उक्त कार्यक्रम दुबइमा आयोजना भएका नेपाली कार्यक्रम मध्ये अहिले सम्मकै भव्य हुने आयोजकको दाबी छ । दुबई पछि नेपाल इभ टु अन्तर्गत अन्य १५ देशका विभिन्न शहरमा कार्यक्रम गर्ने आयोजकको योजना रहेको छ ।  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार