२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

'मदन पुरस्कार–२०८२' का लागि श्रेष्ठ १० कृतिकाे सूचि सार्वजनिक

'मदन पुरस्कार–२०८२' का लागि श्रेष्ठ १० कृतिकाे सूचि सार्वजनिक

साझा पोष्ट
सोमबार, साउन ४ २०८३
  • images
    images
    'मदन पुरस्कार–२०८२'  का लागि श्रेष्ठ १० कृतिकाे सूचि सार्वजनिक

    काठमाडौं । मदन पुरस्कार गुठीले विक्रम संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूचि सार्वजनिक गरेको छ ।


    images

     यीमध्ये एक कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ । अकारादि क्रममा छनोट भएका कृतिमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा। नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद  छन् ।

    मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरूमध्ये बढीमा १० वटा कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास रहँदै आएको छ । गुठीको नियमानुसार अप्रकाशित सामग्रीको बाहुल्य रहेका पुस्तकलाई छनोटको एक आधार मानिन्छ ।

    madan_prize.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार