२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार

‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार

साझा पोष्ट
शनिबार, जेठ १२ २०८१
  • images
    images
    ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार

    काठमाडौं । दोस्रो संस्करणको टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो ।


    images

    पत्रकार सम्मेलनमा दोस्रो संस्करणका रूपमा दामी मिडियाले ल्याउने तयारी गरिरहेको जनाइएको छ । पहिलो सिजन भाईबर साइमनले उपाधि जितेका थिए ।  जेनिश क्षेत्री उपविजेता भएकी थिईन् । । विजेताले १० लाख पुरस्कार, विदेशमा प्रस्तुतिको अवसर पाउनेछन् ।

    उपबिजेताले नगद पाँच लाख रुपैयाँका साथै विदेशमा प्रस्तुती अवसर पाउनेछ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने बताइएको छ । ३२ एपिसोडसम्म प्रशारण गरिने नेपहपको श्रीपेच –२ को कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गर्नुभएको हो । यो रियालिटी शोका निर्देशक निकेस खड्का छन् । अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यो सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ दोङ छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार