२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

'लापत्ता सन्तान' को टिजर सार्वजनिक

'लापत्ता सन्तान' को टिजर सार्वजनिक

साझा पोष्ट
मंगलबार, साउन ८ २०८१
  • images
    images
    'लापत्ता सन्तान' को टिजर सार्वजनिक

    काठमाडौं । विभिन्न कारणले आश्रम पुगेका बृद्धबृद्धाको कथामा बनेको सर्ट फिल्म 'लापत्ता सन्तान' को टिजर युट्युबमा सार्वजनिक गरिएको छ। 


    images

    रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशन रहेको फिल्मको टिजरमा आफ्नै छोराबाट आश्रम पुर्‍याइएकी आमाको कथा देखाइएको छ। जुन पात्रको भूमिकामा रश्मी भट्ट छन्।

    यो फिल्ममा रश्मीसहित अर्जुन आचार्य, ओजश्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष प्रीतम निरौला, प्राञ्जल पौडेल, प्रमित प्रसाई र प्रणित प्रसाईको अभिनय छ। 

    निरज कंडेलको डिओपी रहेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका छन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार