२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मीनराज बसन्तद्वारा अनुदित ‘पहेंलो छाता’ सार्वजनिक

मीनराज बसन्तद्वारा अनुदित ‘पहेंलो छाता’ सार्वजनिक

साझा पोष्ट
सोमबार, साउन १४ २०८१
  • images
    images
    मीनराज बसन्तद्वारा अनुदित ‘पहेंलो छाता’ सार्वजनिक

    काठमाडौं ।  प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेंलो छाता’ सार्वजनिक भएको छ । 


    images

    सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेंलो छाता’ सार्वजनिक गरिएको हो । स्रस्टाहरू भूपिन, डा. एकनारायण पौड्याल, डा. केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गरे ।

    कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताए । ‘मलाई उनका कृतिमध्ये र थुप्रै अन्य  उत्कृष्ट कृतिमध्ये पिली छतरी वाली लडकी हो,’ उनले भने, ‘यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गरेका छन् । यो ज्यादै खुसीको कुरा हो ।’

    meenraj_.jpg

    ‘पहेंलो छाता’मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्ने सकिने उनको भनाइ थियो । 

    ‘भारतीय उपमहाद्वीपको जुन जातीय र भाषिक मुद्दा छ, त्यसलाई उदय प्रकाशले बडो कलात्कम ढंगले विश्वविद्यालयको पेरिफेरिमा कथा उनेका छन्,’ भूपिनले भने, ‘नेपालमा पनि दलितमुक्ति आन्दोलनका लेखक तथा पाठक दुवैका लागि यो कृति फाइदाजनक छ । भाषिक कोमलतामा पनि यति सुन्दरता कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ ।’बिएन पुस्तकले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ  छ । 

    ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद आख्यानकार मीनराज बसन्तले गरेका हुन् । बसन्तका यसअघि दुई आख्यान ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) का साथै लेनिनको जीवनी ‘लेनिन’ (अनुवाद) प्रकाशित छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार