२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दिल साहनीका तीन पुस्तक सार्वजनिक

दिल साहनीका तीन पुस्तक सार्वजनिक

साझा पोष्ट
मंगलबार, असार २३ २०८३
  • images
    images
    दिल साहनीका तीन पुस्तक सार्वजनिक

    बुटवल ।  लेखक तथा साहित्यकार दिल साहनीको तीन कृतिको विमोचन गरिएको छ । वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सग्रह ‘मुलतबी’ निबन्ध संग्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तरण’ को संयुक्त रूपमा विमोचन गरेका हुन् ।


    images


    पाठक मञ्च बुटवलले गरेकाे विमोचन कार्यक्रममा बोल्दै लेखक संग्रौलाले साहित्य समाजलाई चेतना, विचार र परिवर्तनको दिशामा अग्रसर गराउने महत्वपूर्ण माध्यम भएको बताए । प्रगतिशील साहित्यले समाजमा सचेत नागरिक उत्पादन गर्न योगदान पुर्याउने भएकाले यसको भूमिका अझ महत्वपूर्ण रहेको पनि उनले बताए । 

    वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै कम्युनिस्ट पार्टीहरू धार्मिक संस्थाजस्ता देखिन थालेको संग्रौलाले टिप्पणी गरे । सिमान्तकृत समुदाय र सुकुम्बासी बस्तीमाथि डोजर चल्दासमेत कम्युनिस्ट पार्टीहरू मौन बस्नु विडम्बनापूर्ण भएको भन्दै लेखक संग्रौलाले सामाजिक न्याय, समानता र जनपक्षीय मुद्दामा राजनीतिक दलहरू थप जिम्मेवार बन्नुपर्नेमा जाेड दिए । 

    लेखक दिल साहनीले तीनवटै पुस्तकमा आफूले देखेका, भोगेका र अनुभूत गरेका यथार्थ घटनालाई समेट्ने प्रयास गरेको बताए । नेपालदेखि भारतको आसाम हुँदै बर्मासम्मका सामाजिक परिवेश, संघर्ष, मानवीय सम्बन्ध तथा जीवनका विविध आयामलाई साहित्यिक शैलीमा प्रस्तुत गरिएको उनले बताए ।

    कार्यक्रममा लेखक रामचन्द्र श्रेष्ठ, सुमिना, लक्ष्मी सुनार, यज्ञ प्रसाद न्यौपाने तथा रुद्र ज्ञवालीले विमोचित कृतिमाथि टिप्पणी गरेका थिए । साहनीका सिर्जनाले समाजका यथार्थ पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको उनीहरुको धारणा  थियो । समकालीन नेपाली साहित्यमा यस्ता कृतिले महत्वपूर्ण योगदान पुर्याउने उनीहरुले विश्वास व्यक्त गरेका छन् । चोटिलो लेखमार्फत स्थापित साहनीका यी तीन कृतिहरुहरुको विशेषता भने फरक फरक छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार